नियम
विद्युत महसुल र अन्य दस्तुरहरूको निर्धारण
ः–
(१) ऐनको दफा १७ को उपदफा
(३) बमोजिम आयोगले विद्युत महसुल र अन्य दस्तुरहरू निर्धारण गर्दा ह्रास कट्टी दर, उपयुक्त लाभ, संरचनाको संचालन तरिका, उपभोक्ता मूल्य सूचीको परिवर्तन, रोयल्टी, विद्युत विकासको सम्बन्धमा नेपाल सरकारले अपनाएको नीति आदिको आधारमा निर्धारण गर्नेछ । यसरी निर्धारण गर्दा आयोगले विद्युत् उत्पादनको सीमान्त लागत (मार्जिनल कष्ट), परिवत्र्य विदेशी मुद्राको विनियम दर, विद्युत उत्पादनको लागि प्रयोग हुने इन्धनको मूल्य तथा अनुमतिपत्र प्राप्त व्यक्ति र सम्बन्धित विद्युत आयोजनामा ऋण प्रदान गर्ने वा पुँजी लगानी गर्ने वित्तीय संस्था बीच भएको वित्तीय सम्झौता समेतलाई आधार लिनेछ । तर नेपाल सरकार आफैले वा नेपाल सरकारको पचास प्रतिशतभन्दा बढी शेयर पुँजी लगानी भएको संगठित संस्थाले विद्युत सेवा उपलब्ध गराए बापत लिने विद्युत् महसुल तथा अन्य दस्तुर निर्धारण गर्दा आयोगले नेपाल सरकार तथा त्यस्तो संस्थाले सम्बन्धित विद्युत् आयोजनाको लागि वित्तीय संस्थासित गरेको वित्तीय सम्झौताको पालना हुने गरी विद्युत् महसुल तथा अन्य दस्तुर निर्धारण गर्नेछ । विद्युत् उत्पादनको लागि प्रयोग हुने इन्धनको मूल्यमा वा उपभोक्ता मूल्य सूचीमा परिवर्तन भएमा नेपाल सरकार वा त्यस्तो संस्था आफैले सो अनुरुप विद्युत् महसुलमा परिवर्तन गर्ने गरी आयोगले त्यस्तो इन्धनको मूल्य वा उपभोक्ता मूल्य सूचीमा भएको परिवर्तनको अनुपातमा विद्युत् महसुलको दर परिवर्तन गर्ने उपयुक्त सूत्र –फर्मुला) समेत निर्धारण गरी दिनेछ । यसरी विद्युत महसूल परिवर्तन गर्दा साविकमा कायम रहेको विद्युत महसूलमा पाँच प्रतिशतमा नबढ्ने गरी र वर्षमा एकपटक मात्र परिवर्तन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोगले विद्युत महसुल र अन्य दस्तुरहरू निर्धारण गर्दा ग्राहकहरूको किसिम, सामाजिक दायित्व, अन्तर अनुदान (क्रस सवसिडिज) तथा विद्युत माग व्यवस्थापनको सम्भावना (पोटेन्सियल फर डिमाण्ड साईड म्यानेजमेण्ट) समेतलाई ध्यान दिई विद्युत महसुल तथा अन्य दस्तुर निर्धारण गर्न सक्नेछ ।
(३) आयोगले उपनियम (१) र (२) बमोजिम विद्युत महसुल र अन्य दस्तुरहरू निर्धारण वा पुनरावलोकन गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिको संगठनात्मक कौशलता (अर्गनाइजेशनल इफिसियन्सी) लाई पनि ध्यान दिन सक्नेछ ।